images
images

बागमती प्रदेशका उद्योग क्षेत्रमा रोजगारी पाउने दर घट्दै, दोलखाका कतिले पाए अवसर ?

हेटौँडा । बागमती प्रदेश अन्र्तगतका जिल्लामा उद्योग क्षेत्रमा रोजगारीको अवसर पाउने दर घट्दै गएको छ ।

पछिल्लो केही वर्षको तथ्यांकलाई हेर्दा प्रदेशमा सञ्चालित घरेलु तथा साना उद्योगमा रोजगारी पाउनेको संख्या घट्दै गएको हो । प्रदेशको उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालयका अनुसार प्रदेशमा ५ आर्थिक वर्ष यता उद्योगमा रोजगारीको अवस्था घटिरहेको छ ।  मन्त्रालयको तथ्यांक अनुसार प्रदेशका मकवानपुर र भक्तपुर बाहेकका ११ जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा ३४ हजार ६१९ जनाले रोजगारीको अवसर पाएकोमा आर्थिक वर्ष २०७७/०७८ मा बढेर ४६हजार ११२ पुगेपनि त्यसयता भने यो संख्या घट्दै गएको छ ।

आर्थिक वर्ष २०८७/७९ मा बागमती प्रदेश अन्र्तगत उद्योग क्षेत्रबाट रोजगारीको अवसर पाउनेको संख्या ३८ हजार २२३ रहेकोमा २०७९/०८० मा घटेर ३० हजार १२० मा आईपुगेको थियो । आर्थिक वर्ष २०८०/०८१ मा भने सो संख्या अझ घटेर २३ हजार ७९४ मा झरेको छ ।

गत आर्थिक वर्ष दोलखाका १४० लाई मात्रै रोजगारी

मन्त्रालयको तथ्यांकलाई हेर्दा आर्थिक वर्ष २०७६/०७७ मा दोलखाका ४१७ जनाले रोजगारी पाएकोमा २०७७/०७८ मा ८७५ जनाले रोजगारी पाएका थिए । त्यसयता निरन्तर घट्दै गएको सो संख्या आर्थिक वर्ष २०८०/०८१ मा आईपुग्दा १४० मा झरेको छ । २०७८/०७९ मा दोलखाका ६५६ जनाले रोजगारी पाएकोमा २०७९/०८० मा २६९ जनाले रोजगारी पाएका थिए ।

कारोणा संक्रमण, आर्थिक मन्दी तथा राजनीतिक अस्थिरताका कारण उद्योगधन्दा चल्न नसक्दा रोजगारीको अवसर पनि गुमिरहेको मन्त्रालयले जनाएको छ ।