images
images

चट्याङको जोखिम बढ्दै, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले वर्षा गराउने प्रणाली उत्तरपूर्व सर्दै गएको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

हाल बागमती र लुम्बिनी प्रदेशमा मेघ गर्जन तथा चट्याङसहित वर्षा भईरहेकोमा वर्षा गराउने प्रणाली उत्तर पूर्व सर्दै गएको भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो । प्रि मनसुनको समय भएकाले हावाहुरी र चट्याङको घटना हुने भएकाले त्यसतर्फ सचेत हुन आग्रह गरिएको महाशाखाले जनाएको छ ।

नेपालमा चट्याङ लागेर वर्षेनी धेरै मानिसहरुको मृत्यु हुने गरेको छ । राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्ष गत बैशाख १ गतेदेखि चैत २९ गतेसम्म देशभर ४१८ वटा चट्याङको घटना भएको छ । सो घटनामा परि ७८ जनाको मृत्यु भएको छ भने ३०९ जना घाईते भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।