images
images

चरिकोटमा स्ट्रिट फुड फेस्टिबल २०८२ सुरु

दोलखा । दोलखा सदरमुकाम चरिकोटमा आजदेखि ‘दोलखा स्ट्रिट फुड फेस्टिबल २०८२ सुरु’ भएको छ ।

नेपाली नयाँ वर्ष २०८२ को अवसरमा आजदेखि तीन दिने दोलखा स्ट्रिट फुड फेस्टिबल सुरु भएको हो । ‘सडकमै खाऔँ, सडकमै रमाऔँ – रैथाने स्वाद र संस्कृतिसँगै नयाँ वर्ष चरिकोटमा मनाऔँ’ भन्ने नारासहित सुरु भएको कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्धघाटन गर्नुभयो ।

दोलखा चेम्बर अफ कमर्स र दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको संयुक्त आयोजनामा सुरु भएको स्ट्रिट फुड फेस्टिबलको उद्धघाटन अगाडी विभिन्न जात जातीको पहिचान झल्किने सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

नयाँ वर्षको पूर्वसन्ध्यामा सुरु भएको स्ट्रिट फुड फेस्टिबल अन्तरगत आज रातभर सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । तीन दिनसम्म चल्ने दोलखा स्ट्रिट फुड फेस्टिबलको अवसरमा खानाको प्रतियोगिता तथा नृत्य र लाईभ दोहोरी प्रतियोगिता समेत हुनेछ । साथै कार्यक्रममा स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति पनि रहनेछ ।

पर्यटकीय जिल्लाको रुपमा पहिचान गराउने उद्धेश्यले जिल्लामा रहेका लोपोन्मुख जातजातीका रैथाने खानाको पहिचान तथा प्रबद्र्धनका लागि कार्यक्रमको आयोजना गरिएको दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष रुद्रजंग बुढाथोकीले जानकारी दिनुभयो । स्ट्रिट फुड फेस्टिबलले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन हुने अपेक्षा गरिएको दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो ।