भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको ढुंगा निकालिएको छ ।
डा पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले ओलीको शल्यक्रिया गरेर पित्तथैलीमा रहेको २२ एमएमको ढुंगा निकालेको हो ।शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार शल्यक्रिया सकिएसँगै ओलीलाई आईसीयूमा सारिएको छ ।
नयाँ सरकार गठन भएको भोलिपल्ट नै ओलीलाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेको दिनदेखि नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । यसअघि तीन पटकसम्म मृगौला प्रत्यारोपण गरिसकेका ओलीको अहिले फेरि पथरीको शल्यक्रिया गरिएको हो ।
अप्रेसनपछि उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइए पनि अस्पतालले अहिलेसम्म आधिकारिक विज्ञप्ति जारी गरेको छैन ।










