अमेरिकाले होर्मुज स्टेटमा सोमबारदेखि नाकाबन्दी गरेपछि एकातर्फ तेलको मुल्य आकासिएको छ भने अर्कोतर्फ युद्धको जोखिम थप बढेको छ ।
अमेरिकाले इरानमा फेरि आक्रमणको तयारी गरेको छ । इरानलाई तेल बेच्नबाट रोक्न अमेरिकाले इरानमाथि नाकाबन्दीको घोषणा गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाकाबन्दीको घोषणा गर्ने वित्तिकै विश्वव्यापी रुपमा तेलको मुल्य बढेको छ ।
कति पुग्यो तेल ?
वेस्ट टेक्सास इन्टर मिडिएट प्रतिब्यारेल १०४ डलर र ब्रेन्ट क्रुड प्रतिब्यारेल १०२ डलर नाघेको छ ।अरब खाडीलाई ओमानको खाडी र त्यसभन्दा परको अरब सागरसँग जोड्ने स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्ग हो।
विश्वभर खपत हुने तेलको पाँचौँ हिस्सा र ठुलो मात्रामा ग्यास ओसारपसार हुने जलमार्ग स्ट्रेट अफ होर्मुज एकातिर ओमान र यूएई अनि अर्कातिर इरानको बिचमा पर्छ। यहाँबाट पार हुने कच्चा तेल इरान, इराक, कुवेत, कतार, साउदी अरब र यूएईबाट आउँछ ।
७० प्रतिशत हिस्सा
अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार स्ट्रेट अफ होर्मुज हुँदै अधिकांश कच्चा तेल एसिया जान्छ, जसमा चीन, भारत, जापान र दक्षिण कोरियाले करिब ७० प्रतिशत हिस्सा ओगट्छन्।
अमेरिका-इजरायल र इरानबिचको युद्ध विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्गमध्ये एक स्ट्रेट अफ होर्मुजसम्म फैलिएको छ। जसका कारण तेलको मूल्य तीव्र रूपमा बढेको छ।
एजेन्सीको सहयोगमा ।










