अमेरिका र इरानबीचको युद्ध अब खाडी क्षेत्रतर्फ मोडिन सक्ने संकेत देखिएको छ ।
दुई देशबीचको वार्ता असफल भएसँगै अमेरिका र इरानले फेरि युद्धका लागि तयार भएको प्रतिक्रिया दिएका छन् । जसका कारण खाडी क्षेत्रमा फेरि युद्धको खतरा देखिएको अधिकारीहरुले बताएका छन् । मध्यपूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख हुन थालेको छ ।
युद्धको जोखिम
जसका कारण सैन्य दबाव सँगै तेल बजारको उछाल र क्षेत्रीय द्धन्द्धहरु एकैसाथ तीव्र बन्दै गएका छन् भने युद्धको जोखिम थप बढ्न थालेको संकेत देखिएको छ । तनावलाई थप चर्काउने गरी अमेरिकी सेनाले सोमबारदेखि इरानी खाडी बन्दरगाहहरूमा नाकाबन्दी लागू गर्ने घोषणा गरेको छ ।
कडा प्रतिक्रिया
यता इरानले भने अमेरिकाको नाकाबन्दी गर्ने कदमलाई अस्वीकार्य भन्दै कडा प्रतिक्रिया दिएको छ । रिभोलुसनरी गाड्र्सले होर्मुज क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गर्दै कुनै पनि उक्साहटको जवाफ कडा रूपमा दिने चेतावनी दिएको छ ।
त्यसको प्रत्यक्ष असर सबैभन्दा बढी खाडी क्षेत्रमा देखिने भन्दै विश्लेषकहरुले चिन्ता व्यक्त गरेका छन् ।










