
काठमाडौं । स्थानिय तहमा जनप्रतिनिधि चयनका लागि आज मुलुकभर मतदान हुँदैछ ।
मुलुकमा संघीयता कार्यन्वयनपछि दोस्रो पटकको स्थानिय तह सदस्यका लागि आज मुलुकभरका ७ सय ५२ वटा स्थानिय तहमा मतदान हुँदैछ । मुुलुकभरका १० हजार ७ सय ५६ वटा मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । ८९ लाख ९२ हजार १० पुरुष, महिला मतदाता ८७ लाख ४१ हजार ५ सय ३० जना र अन्य मतदाताको संख्या १ सय ८३ गरी एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता छन् । मतदानबबाट ७ सय ५३ वटा स्थानिय तहका प्रमुख उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७ सय ४३ वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४ सय ८३ सदस्य गरी कुल ३५ हजार २ सय २१ जनप्रतिनिधि चुनिने छन् । चुनावी मैदानमा उत्रिएका १ लाख ४५ हजार उम्मेदवारमध्ये ३ सय ९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन् । विद्यमान कानुनी व्यवस्थाअनुसार मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका र ६ हजार ७ सय ४३ वडा छन् ।
मुलुकमा संघीयता कार्यन्वयनपछि दोस्रो पटकको स्थानिय तह सदस्यका लागि आज मुलुकभरका ७ सय ५२ वटा स्थानिय तहमा मतदान हुँदैछ । मुुलुकभरका १० हजार ७ सय ५६ वटा मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । चुनावी मैदानमा उत्रिएका १ लाख ४५ हजार उम्मेदवारमध्ये ३ सय ९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन् ।
मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामाग्रीसहित एक लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंम सेवक आआफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् । निर्वाचनमा भाग लिने दर्ता भएका ७९ वटा राजनितिक दलमध्ये जम्मा ६५ वटा राजनितिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनमा मतदाताले शान्तिपुर्ण वातावरणमा निर्वाध रुपले मतदान गर्ने अधिकरको सुनिश्चिताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकार लगायत सम्बन्धित स्थानिय प्रशासनलाई आवश्यक निर्देशन दिइसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा निर्धक्क भई मतदान गर्न सबैलाई आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले एक सन्देश जारी गर्दै निर्वाचन लोकतन्त्रको सबैभन्दा ठुलो उत्सव भएको भन्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै नागरिकलाई आग्रह गर्नुभएको हो ।