images
images

दोलखामा १३३८ जना चुनावी प्रतिस्पर्धामा

  • ३० बैशाख २०७९, शुक्रबार ०६:४०

जिरी (दोलखा) । दोलखामा १ हजार ३ सय ३८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

जिल्लामा १ हजार ४ सय २३ जनाले स्थानीय तह निर्वाचनमा चुनाव लड्नका लागि उम्मेदवारी दर्ता गराएकोमा १ हजार ३ सय ३८ जना मात्रै चुनावी मैदानमा उत्रिएका हुन् । जसमा नगरप्रमुख तथा पालिका अध्यक्ष पदका लागि ७३ जना, उपप्रमुख तथा उपाध्यक्ष पदका लागि ३७ जना, वडाध्यक्षका लागि ३ सय ४८, सदस्यका लागि ४ सय ६५, महिला सदस्यका लागि २ सय २० र दलित महिला सदस्यका लागि १ सय ९५ जनाले आज प्रतिस्पर्धा गर्दैछन् ।

१ हजार ३ सय ३८ मध्ये ४ सय ५९ महिला र ८ सय ७९ जना पुरुष उम्मेदवार रहेका छन् । उम्मेदवारी दर्ता गराएकामध्ये ८३ जनाले उम्मेदवारी फिर्ता गरेका थिए ।