images
images

बैतेश्वरको गैरीमुदीमा तनाव, प्रहरीद्धारा हवाई फायर

  • ३० बैशाख २०७९, शुक्रबार ०७:१७

बैतेश्वर (दोलखा) । मतदान सुरु नहुँदै दोलखाको बैतेश्वर गाउँपालिकामा तनाव सिर्जना भएको छ ।

गैरीमुदी तथा पुतलीकाठमा गएरातीदेखिनै तनाव सिर्जना भएको हो । नेपाली कांग्रेसले बुथ कब्जाका लागि वडा नम्बर १ र २ लाई नियन्त्रणमा लिएर अन्य पार्टीलाई समर्थन गर्ने मतदातालाई ढुंगामुडाले रोकेर मतदानस्थलमा छिर्न दिएको छैन । रातीदेखिनै तनाव सिर्जना भएपछि प्रहरीले केही राउण्ड फयरिङ पनि गरेको स्थानीयले बताएका छन् । वडा नम्बर २ स्थित बुतलीकाठमा गैरीमुदीबाट गएका करिब ३० जनाको समूहले मतदातालाई मतदानस्थलमा छिर्न नदिएको र अहिले अवस्था सामान्य रहेको स्थानीयले बताएका छन् । वडा नम्बर १ गैरीमुदीको पिपलबोट स्थित मातदान स्थलमा नेपाली कांग्रेसले परिचालन गरेका युवाहरुले बुथ नै कब्जा गरेर एकछापे मतदान गरेको बताइएको छ । भर्खरै मतदान सुरु हुँदै गर्दा वडा नम्बर ३ मजुवास्थित कालिढुंगा मतदान केन्द्रका पनि तनाव भएको छ । केहीबेर मतदान स्थलमा पुगेका मतदाताहरुमा भागदौड मच्चिएको थियो । कांग्रेस र नेकपा एमाले कार्यकर्ताबाट बुथ कब्जाको प्रयत्न भएपछि ढुंगामुढा र झडपको अवस्था आएपछि मतदान समेत रोकिने अवस्थामा पुगेको छ । गत २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले वडा नम्बर १ र २ मा बुथ कब्जा गरेको थियो । जसले गर्दा मतदाताले स्वइच्छाले मतदान गर्न पाएका छैनन् भने मतदातामा डर, त्रास पैदा भएको छ ।

बैतेश्वर १, २ र ३ मा समान्य विवाद तथा तनाव भएपनि जिल्लाका अन्य स्थानमा भने शान्तिपूर्ण तरिकाले मतदान भइरहेको दोलखाका प्रहरी प्रमुख डिएसपी गंगाप्रसाद पौडेलले जानकारी दिनुभयो ।