images
images

देशभर स्थानीय तहको मतदान सुरु

  • ३० बैशाख २०७९, शुक्रबार ०७:३२

काठमाण्डौं । स्थानीय तह निर्वाचनको मतदान सुरु भएको छ ।

देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । विहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने छ । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिध चयन गर्न आज मतदान हुँदैछ । कपिलवस्तुको महाराजगंज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकाको एक वडासहित केही ठाउँमा भने आज मतदान हुनेछैन । उम्मेदवारको मृत्यु भएका कारण ती ठाउँमा छुट्टै मिति तय गरी निर्वाचन प्रकृया सुरु गएिको छ । ती ठाउँमा केही दिनपछि मात्रै मतदान हुनेछ ।