images
images

दोलखामा उत्साहजनक रुपमा मतदान हुँदै, वैतेश्वरको तीन स्थानमा तनाव

  • ३० बैशाख २०७९, शुक्रबार ०९:१८

दोलखा । दोलखाको ९ वटा स्थानिय तहमा उत्साहजनक रुपमा मतदान भएपनि केही मतदान केन्द्रमा भने तनाव भएको छ ।

दोलखाको वैतेश्वर गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा तनाव भएको हो । जिल्लाको बैतेश्वर गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर २ लाई नेपाली कांग्रेसले मतदान गर्नुअघि देखि नै बुथ कब्जाका लागि नियन्त्रणमा लिएर अन्य पार्टीलाई समर्थन गर्ने मतदातालाई ढुंगामुडा गरेर मतदानस्थलमा प्रवेश गर्न नदिएपछि तनाव भएको हो । गैरीमुदी तथा पुतलीकाठमा गएरातिदेखि नै तनाव सिर्जना भएको हो । रातीदेखि नै तानव सिर्जना भएपछि प्रहरीले केही राउण्ड हवाइ फायरिङ गरेपनि अझै स्थिति नियन्त्रणमा आउन सकेको छैन । सो स्थानमा नेपाली कांग्रेसले बुथ कब्जा गरेकाले प्रहरी प्रशासन थप परिचालन गर्नुपर्ने अवस्था भएपनि कुनै पहल हुन नसक्दा आफुहरुले मतदान गर्न नपाएको स्थानीयले बताएका छन् । वडा नम्बर २ र ३ को मतदान केन्द्रमा कांग्रेसका कार्यकर्ता बाहेक अन्य पार्टीका कार्यकर्तालाई ढुंगामुडा गरेर छिर्न नदिएपछि मतदान प्रभावित भएको छ ।

यस्तै, वडा नम्बर ३ स्थित मजुवा कालिढुंगा मतदान केन्द्रमा पनि तनाव भएको छ । मतदान स्थलमा पुगेका मतदाताहरुमा भागदौड मच्चिएको छ । शान्तिपुर्ण तारिकाले मतदान भइरहेका बेला राजनीतिक दलका कार्यकर्ताहरुबीच मतदानको क्रममा विवाद सुरु भएर भागदौड मच्चिएको प्रत्यक्षदर्शीले बताएका छन् । वैतेश्वरको १, २ र ३ मा विवाद कायमै रहेको र विवाद समाधान गरी मतदान गर्र्ने वातावरण बनाउन प्रयास भइरहेको दोलखाको प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक गंगा प्रसाद पौडेलले जानकारी दिनुभयो ।