
बैतेश्वर । बैतेश्वरको मिर्गेमा झडप भएको छ ।
बैतेश्वरको वडा नम्बर ३ मिर्गेस्थित कालिढुंगा मावि मतदान केन्द्रमा झडप हुँदा दर्जन बढी घाइते भएका हुन् । मतदान सुरु भएपछि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका समर्थकबीच दोहोरो झडप हुँदा एक दर्जन बढी घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेको मैनापोखरीमा उपचार भइरहेको छ । यो सँगै कालिढुंगा माविमा एक घण्टादेखि मतदान रोकिएको छ । अहिले मतदानस्थलमा खटिएका सेनाले स्थिति नियन्त्रणमा लिएको छ । स्थिति नियन्त्रणमा आएपनि विवाद कायमै रहेकाले विवाद समाधान गरी शान्तिपूर्ण मतदान गर्ने वातावरण सिर्जना गर्न प्रयासरत रहेको दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गंगा प्रसाद पौडेलले जानकारी दिनुभयो ।
यस्तै, मेलुङ गाउँपालिकाको वडा नम्बर ४ मा पनि मतदान स्थिगित भएको छ । मतदान केन्द्रमा तनाव सिर्जना भएपछि हवाई फायर भएको छ । सो सँगै दुई स्थानमा गरी जम्मा १३ राउण्ड हवाई फायर भएको छ । अवस्था सामान्य बनाउन सर्वदलीय छलफल जारी रहेको डिएसपी पौडेलले बताउनुभयो ।