
दोलखा । झडप भएपछि दोलखाका दुई स्थानको मतदान प्रक्रिया रोकिएको छ ।
वैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेस्थित कालिढुंगा मावि मतदान केन्द्र र मेलुङ गाउँपालिकाको वडा नम्बर ४ स्थित कालिकादेवि मतदान केन्द्रमा तनाव भएपछि मतदान प्रक्रिया रोकिएको हो । दुई स्थानमा गरी सुरक्षाकर्मीले १३ राउन्ड हवाई फायर गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी गंगा प्रसाद पौडेलले जानकारी दिनुभयो । वैतेश्वरको मिर्गेस्थित कालिढुंगा मावि मतदान केन्द्रमा डेढ घण्टादेखि नै मतदान रोकिएको हो भने मेलुङ ४ मा पनि मतदान स्थगित भएको छ । दुवै स्थानको स्थिति तनावपुर्ण रहेको प्रहरीले जनाएको छ ।