images
images

बैतेश्वरमा स्थिति तनावपुर्ण बनेपछि काठमाडौंबाट थप सुरक्षाकर्मी मगाइयो

  • ३० बैशाख २०७९, शुक्रबार १०:२३

दोलखा । दोलखाको वैतेश्वर गाउँपालिकास्थित वडा नम्बर ३ मा रहेको मतदान केन्द्रमा विहानदेखि झडप भएर स्थिति तनावपुर्ण बनेपछि काठमाडौंबाट थप सुरक्षाकर्मी मगाइएको छ ।

वैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेस्थित कालिढुंगा मावि मतदान केन्द्रमा विहानदेखि तनाव भएपछि काठमाडौंबाट थप नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली आएको छ । उनीहरुलाई हेलिकप्टर मार्फत मतदान केन्द्रमा ल्याइएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी गंगा प्रसाद पौडलले जानकारी दिनुभयो । उहाँका अनुसार हेलिकप्टर मार्फत २५ जनाको टोली मतदान स्थलमा ल्याइएको हो । अहिले स्थिति केही साम्यजस्तो देखिएपनि मतदान भने सुरु हुन सकेको छैन । कालिढुंगा मावि मतदान केन्द्रमा गएरातिदेखि नै तनाव सिर्जना भएको थियो । सो स्थानमा झडप हुँदा एक दर्जन बढी घाईते भएका छन् दुई जनाको अवस्था गम्भिर छ ।