images
images

रामेछापको २ स्थानीय तहमा ७ राउण्ड हवाई फायर, मतदान प्रभावित

  • ३० बैशाख २०७९, शुक्रबार १०:२७

रामेछापको दुई स्थानमा गोली चलेको छ ।

रामेछापको दोरम्बा र खाँडादेवी गाउँपालिकामा गोली चलेको हो । दुई पक्षीय झडप हुँदा मतदान प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिनुभयो । दोरम्बा सैलुङ गाउँपालिकाको मानपुर कृष्ण मावि मतदान केन्द्रमा दुई पक्षीय झडप हुँदा एक राउण्ड गोली चलेको उहाँले बताउनुभयो ।

यस्तै, खाँणदेवी गाउँपालिका स्थित वडा नम्बर १ राकाथममा मतदान केन्द्रमा दुई पक्षीय झडपलाई नियन्त्रणमा लिन ७ राउण्ड हवाइ फायर भएको उनले बताए । दुबै स्थानमा मतदान सुचारु गराउन पहल भइरहेको छ ।