
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगपालिका वडा नम्बर ४ मा दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको छ ।
अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको हो । मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमेल भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो । अहिले भने सो स्थानमा स्थिति सामान्य बन्दै गएको बताइएको छ ।