images
images

काभ्रेपलाञ्चोकको चौँरीदेउरालीमा तनाव, सबैदलिय बैठक आह्वान

  • ३० बैशाख २०७९, शुक्रबार १०:५४

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौँरीदेउरालीमा तनाव सिर्जना भएको छ ।

चौँरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति सिर्जना भएको हो । एक जनाको भोट परिवारभित्रकै अर्काे व्यक्तिले हालेपछि विवाद सुरु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिनुभयो । हाल सर्वदलीय बैठक राखेर दुवै पक्षबीच छलफल भइरहेको प्रहरीले जनाएको छ ।