images
images

मिर्गे र भेड्पुमा पुनः मतदान सुरु

  • ३० बैशाख २०७९, शुक्रबार ११:१५

जिरी (दोलखा) । दोलखामा मतदान रोकिएको स्थानहरुमा पुनः सुचारु भएको छ ।

बैतेश्वर गाउँपालिकाको वडा नम्बर ३ मिर्गे मजुवास्थित कालिढुंगा मतदान केन्द्र र वडा २ पुतलीकाठस्थित जनज्योति माविमा मतदान सुरु भएको हो । उता, मेलुङ गाउँपालिका ४ स्थित कालिकादेवी माविमा पनि पुनः मतदान सुरु भएको मेलुङ गाउँपालिकाका निर्वाचन अधिकृत विनोद कुमार खड्काले जानकारी दिनुभयो ।केहीबेर तनाव सिर्जना भएपछि स्थिगित भएको मतदान प्रकृया सुचारु भएको हो ।