रामेछाप । रामेछापका तीन वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
राकाथुम, मानपुर र गेलुको सिक्राल मतदान केन्द्रमा मतदाताबीच झडप भएकाले मतदान स्थगित भएको छ । झडप भएपछि खाँडादेवि १ राकाथुमको मतदान केन्द्रमा र गेलु मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरी स्थितिलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले जानकारी दिनुभयो । यस्तै सुनापति २ को मानपुर मतदान केन्द्रमा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएकाले मतदान रोकिएको छ ।