images
images

विवाद भएपछि तामाकोशी गाउँपालिकाको मालुमा मतदान रोकियो

  • ३० बैशाख २०७९, शुक्रबार ११:५१

दोलखा ।  दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा रहेकोे मतदान केन्द्रमा मतदानकार्य स्थगित भएको छ ।

मालुमा रहेको गोल्मेश्वर मावि मतदान केन्द्रमा विवाद भएपछि मतदान प्रक्रिया स्थगित गरिएको हो । मतदानस्थलमा दलको प्रतिनिधि बढी बसेको विषयमा विवाद भएपछि हातहालाहालको स्थिति सिर्जना भएको थियो । त्यस लगत्तै  मतदान केहीबेर अघिबाट स्थगित भएको तामाकोशी गाउँपालिकाका निर्वाचन अधिकृत बाबुराम खनालले जानकारी दिनुभयो । उहाँका अनुसार रोकिएको मतदान सुचारु गराउने विषयमा अहिले छलफल जारी छ ।