
काठमाण्डौं । देशभर हालसम्म ३० प्रतिशत मत खसेको छ ।
शुक्रबार भइरहेको स्थानीय तहको निर्वाचनमा विहान करिब पौने १२ बजेसम्म करिब ३० प्रतिशत मत खसेको हो । आयोगका प्रवक्ता शालिकराम पौडेलका अनुसार देशभर नै उल्लासपूर्वक मत खसिरहेको छ । उहाँ अनुसार केही स्थानमा तनावका कारण मतदान केन्द्रमा मतदान रोकिएको छ । सर्वदलीय बैठक बसेर त्यस्ता मतदान केन्द्रमा पुनः मतदान सुरु गर्न प्रयत्न भइरहेको उहाँले बताउनुभयो । दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सर्लाही, हुम्लाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएको छ ।