
काठमाडौं । स्याङजामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् ।
वालिङ नगरपालिका वडा नम्बर ४ पञ्चमुल अर्खलबासस्थित भित्रि सडक खण्डमा जिप दुर्घटना भएको हो । सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट करिव ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । उहाँका अनुसार घरबाट मतदान गर्न मतदान केन्द्रतर्फ जाँदै गरेका मानिसहरु दुर्घटनामा परेका हुन् । घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।