
काठमाण्डौ । दोलखा सहित ७ जिल्लाका केही मतदान केन्द्रमा मतदानको कार्य अवरुद्ध भएको छ ।
निर्वाचन आयोगले विभिन्न दोलखा र रामेछाप सहित ७ जिल्लाका केहि मतदान केन्द्रमा मतदानको कार्य अवरुद्ध भएको जानकारी दिएको हो । दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । ती स्थानमा पुनः मतदानको कार्य सुरु गर्न प्रयास भइरहेको उहाँले बताउनुभयो ।
स्थानीय तह सदस्य निर्वाचनका लागि ७ सय ५३ वटै स्थानीय तहका १० हजार ७ सय ५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि छिटफुट घटना वाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको प्रवक्ता पौडेलले बताउनुभयो । अपरान्ह १२ बजेसम्म देशभर करिव ३५ प्रतिशत मतदान भइसकेको प्रारम्भिक तथ्यांक प्राप्त भएको आयोगले जनाएको ।