images
images

गौरीशंकर २ जुँगुमा पनि मतदान रोकियो

  • ३० बैशाख २०७९, शुक्रबार १२:४७

जिरी (दोलखा) । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर २ जुँगुमा रहेको सेतीदेवी आविमा पनि मतदान रोकिएको छ ।

वडा नम्बर २ छापडाँडामा रहेको मतदान केन्द्र सेतीदेवी आविमा विवाद सुरु भएपछि मतदान प्रक्रिया रोकिएको हो । मतदानस्थलमा विवाद भएपछि मतदान स्थिगित भएको गौरीशंकर गाउँपालिकाका निर्वाचन अधिकृत होम प्रसाद घिमिरेले जानकारी दिनुभयो । रोकिएको मतदान सुचारु गराउने प्रयास स्वरुप छलफल भइरहेको दोलखा प्रहरीले जनाएको छ ।