
दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको मतदान केन्द्रबाट क्रियापुत्रीले पनि मतदान गरेका छन् ।
भीमेश्वर नगरपालिका वडा नम्बर ६ चोथाङमा रहेको वडा कार्यालय भवनको मतदान केन्द्रबाट किरियापुत्री बेद बहादुर शार्कीले मतदान गरेका हुन् । आफ्नो हजुरबुवाको केहीदिन अघि मृत्यु भएपछि किरियामा बसेका उनले आज मतदान केन्द्रमा प्ुगेर मतदान गरेका छन् ।