
जिरी (दोलखा) । दोलखाको मेलुङ गाउँपालिकामा पनि मतदानको क्रममा तनाव सिर्जना भएको छ ।
मेलुङ ७ बिरौटा माविमा झडप हुँदा कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका राजेन्द्र भण्डारी घाइते भएका छन् । नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामाले बिरौटामा वडाध्यक्षका उम्मेदवार सहित एजेन्ट सहितलाई घाइते बनाएको जानकारी दिनुभयो । लामाले तत्काल मतदान स्थिगित गर्न पनि कँंग्रेसको तर्फबाट माग गर्नुभयो ।
यसैगरी डाँडाखर्कमा पनि मतदानको क्रममा विवाद भएपछि भाटा हानहानको अवस्था सिर्जना भएको छ । मतदान गर्ने क्रममा मतदाताहरु लाइन बसिरहँदा तनाव सिर्जना भएपछि मानिसहरु तितरवितर भएका छन् ।घटनामा केही मानिसहरु घाइते भएका छन् ।