images
images

स्थानीय तह निर्वाचनको मतगणना आजबाटै सुरु हुने

  • ३० बैशाख २०७९, शुक्रबार १४:५६

काठमाण्डौं । स्थानीय तह निर्वाचनको मतगणना आजैबाट सुरु हुने भएको छ ।

मतदान सकिएलगत्तै मुचुल्का उठाएर मतपेटिका मतगणनास्थलसम्म पु¥याउने र सर्वदलीय बैठकको निर्णयपछि आजैबाट गणना सुरु हुने निर्वाचन आयोगले जनाएको हो । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । कतिपय स्थानमा पूर्वनिर्धारित समयभन्दा ढिलो मतदान सुरु भएको छ ।

ती स्थानहरुमा ५ बजेभित्र मतदान स्थलमा प्रवेश गरिसकेकाहरुले मतदान गर्न पाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।