images
images

काभ्रेपलाञ्चोकको पाँचखालमा मतदानस्थल नै तोडफोड

  • ३० बैशाख २०७९, शुक्रबार १५:१८

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको एउटा मतदान केन्द्रमा तोडफोड भएपछि मतदान स्थगित भएको छ ।

पाँचखाल नगरपालिका वडा नम्बर १३ स्थित श्रीराम माध्यामिक विद्यालयको मतदान केन्द्रमा तोडफोड भएको हो । एक समुहले मतपेटिका तोडफोड गरेपति मतदान स्थगित गरिएको छ । आक्रोशित समुहले मतपेटिका कुर्सी, टेबल लगायतका निर्वाचन सामाग्रीमा तोडफोड गरेका छन् । तर प्रहरीले मतपेटिका भने सुरक्षित राखेको छ । मतदानस्थल तहसनहस भएको छ । मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिएको दाबि सहित सत्तारुढ दलका कार्यकर्ताले विरोध गर्दै तोडफोड गरेको काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिनुभयो ।