images
images

दोलखामा हालसम्म कुन स्थानीय तहमा कति प्रतिशत मत खस्यो ? (विवरण सहित)

  • ३० बैशाख २०७९, शुक्रबार १६:४५

दोलखा । दोलखाका अधिकांश पालिकामा हालसम्म ६० प्रतिशत भन्दा माथि मत खसेको छ ।

हामीले गरेको सर्वेक्षण अनुसार हालसम्म जिल्लाका सवै मतदान केन्द्रमा ६० प्रतिशतको हाराहारीमा मत खसिसकेको पाइएको हो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि विहान ७ बजेदेखि वेलुकी ५ बजेसम्मको समय तोकेको छ । ५ बजेसम्म लाइनमा बसेका मतदाताले भोट हाल्न पाउनेछन् । हालसम्म प्राप्त विवरण अनुसार शैलुङमा ६३ प्रतिशत मत खसेको छ भने विगुमा ६०, वैतेश्वरमा ६० प्रतिशत मत खसिसकेको छ । यस्तै जिरी नगरपालिकामा हालसम्म ५० प्रतिशत भन्दा बढी मत खसिसकेको छ ।

तामाकोशी गाउँपालिकामा ४५ प्रतिशत, गौरीशंकर गाउँपालिकामा ४८ प्रतिशत, कालिञ्चोकमा ५० प्रतिशत र मेलुङ गाउँपालिकामा ६० प्रतिशत मत खसिसकेको छ । निर्वाचनका क्रममा विहान केही मतदानस्थलमा झडपका घटनाहरु भएपनि मध्यानपछि भने शान्तिपुर्ण स्थितिमा मतदान भइरहेको निर्वाचन अधिकृतहरुले बताएका छन् ।