काठमाडौं । मुलुकभरका पाँच स्थानको स्थानिय तह निर्वाचन स्थगित भएको छ ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर १३, खाँडादेवि गाउँपालिका वडा नम्बर १ राकाथुम, रौतहटको फतुवा विजयपुर नगरपालिकाको शितपुर मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर २ र जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ३ गज्याङमा निर्वाचन स्थगित गरिएको छ । झडप र विवादका कारण यी स्थानीय तहमा निर्वाचन स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ ।