images
images

जिरी नगरपालिकामा ६८ प्रतिशत मत खस्यो

  • ३० बैशाख २०७९, शुक्रबार १८:०५

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा ९ हजार ५ सय ८८ मत खसेको छ ।

आज सम्पन्न स्थानीय तह निर्वाचनमा जिरी नगरपालिकामा ९ हजार ५ सय ८८ मत खसेको हो । जिरीमा १४ हजार ५८ मतदातामा ९ हजार ५ सय ८८ अर्थात ६८ दशमलव ०२ प्रतिशत मत खसेको जिरी नगरपालिकाका निर्वाचन अधिकृत नवराज पराजुलीले जानकारी दिनुभयो । जसअनुसार सबैभन्दा कम वडा नम्बर ५ का ६ सय ५६ मत खसेको छ ।

यसैगरी वडा नम्बर १ मा ९ सय ८४, वडा नम्बर २ मा १ हजार १०, वडा ३ मा ९ सय ९२, वडा ४ मा ९ सय २३, वडा नम्बर ६ मा १ हजार २५, वडा नम्बर ७ मा १ हजार २ सय २२, वडा नम्बर ८ मा १ हजार १ सय ९४ र ९ मा १ हजार २ मत खसेको छ ।