images
images

वैतेश्वर गाउँपालिकामा १२ हजार ४ सय १५ मत खस्यो

  • ३० बैशाख २०७९, शुक्रबार २०:०२

दोलखा । दोलखाको वैतेश्वर गाउँपालिकामा कुल १२ हजार ४ सय १५ मत खसेको छ ।

कुल १७ हजार ४ सय ६५ जना मतदाता रहेको सो पालिकामा १२ हजार ४ सय १५ मत मात्रै खसेको हो । जसअनुसार वडा नम्बर १ मा १७ सय मत खसेको छ भने वडा नम्बर २ मा १४ सय, वडा नम्बर ३ मा १७ सय, ४ मा १५ सय र वडा नम्बर ५ मा १२ सय ७५, ६ मा १६ सय ६८, ७ मा १४ सय २० तथा वडा नम्बर ८ मा १३ सय ८ मत खसेको छ । बैतेश्वरमा अपेक्षा भन्दा कम मत खसेको बताइएको छ । विहान मतदान सुरु भए लगत्तै झडप भएपछि मतदाताहरु घर फर्किएको र त्रासका कारण मतदान गर्न पुनः नआएका कारण अपेक्षा भन्दा कम मतदान भएको अनुमान गरिएको हो ।