
दोलखा । विश्वमै सबैभन्दा कम जनसंख्या रहेको दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ बेदिङमा स्थानीय तह निर्वाचनका लागि ५३ जना मतदाताले मतदान गरेका छन् ।
बेदिङमा कुल ३ सय ११ जनसंख्या रहेको छ । त्यसमध्ये स्थानीय तह निर्वाचनमा ५३ जनाले मतदान गरेका छन् । ९३ जना मतदाता रहेको सो स्थानका २२ जना महिला र ३१ जना पुरुषले आज बेदिङ प्राविमा पुगेर मतदान गरेको गौरीशंकर गाउँपालिकाका निर्वाचन अधिकृत होमप्रसाद घिमिरेले जानकारी दिनुभयो । बेदिङ गाउँविश्वमै सबैभन्दा कम जनसख्या र धेरै सगरमाथा आरोही जन्माउने गाउँ हो । यहाँको शेर्पा समुदायको मुख्य पेशा भनेकै टे«किङ र हिमाल आरोहण हो ।
बेदिङको कुल जनसंख्या ३११ जनामध्ये ६ महिला सहित ६५ जनाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेका छन् । माउन्ट एभरेष्ट समिटर्स क्लवका अध्यक्ष दावाछिरी शेर्पाका अनुसार बेदिङका एकै परिवारका ८ जनासम्मले हिमाल आरोहण गरेका छन् ।