images
images

अनलाईन सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोवार, काभ्रेपलाञ्चोकका युवक पक्राउ

  • ३१ बैशाख २०८१, सोमबार १३:२३

काठमाडौँ । अनलाईन सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोवार गरेको आरोपमा काभ्रेपलाञ्चोकका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका २४ बर्षिय अनिल ढुंगाना रहेका छन् । ढुंगानालाई अनलाईन सट्टेबाजी माध्यम एक्सबेट, जुवा ३६५ क्रिप्टो लगायतमा सट्टाबाजी गर्न रकम लगाउने, संकलन गर्ने गरेको आरोपमा पक्राउ परेका हुन् । उनले बिनान्समार्फत् २ वटा खाता प्रयोग गरेर बिभिन्न २४३ प्रकारका क्रिप्टोकरेन्सीमा हालसम्म १ अर्ब ३४ करोड रुपैयाँ कारोवार गरेको भेटिएको काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका ढुंगानाले १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैँकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोवार गरेको भेटिएको छ ।