images
images

अपर तामाकोशी २ अर्ब ६ करोड घाटामा

जिरी (दोलखा) । राष्ट्रिय गौरवको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले निरन्तर नोक्सानी व्यहोरिरहेको छ ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ६ करोड रुपैयाँ घाटा ब्यहोरेको हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ३९ करोड रुपैयाँ घाटा ब्यहोरेको थियो । विद्युत बिक्री आम्दानी घट्दा कम्पनीको घाटा थप बढेको हो ।

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ अर्ब २७ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ६ अर्ब ५३ करोड २ लाख आम्दानी गरेको हो । यस्तै, कम्पनीको वित्तीय खर्च ४ अर्ब ६ करोड रुपैयाँ रहेको छ । २१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष १२ अर्ब १८ करोड रुपैयाँले ऋणात्मक छ ।

कम्पनीले सार्वजनिक गरेकोे विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७६ पैसाले नोक्सानीमा छ भने प्रतिशेयर नेटवर्थ ४६ रुपैयाँ ७९ पैसा छ ।