images
images

सिन्धुलीमा कारको ठक्करबाट बालकको ज्यान गयो

  • ३० बैशाख २०८२, मंगलवार १५:१४

सिन्धुली । सिन्धुलीमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका–८ खोरभञ्ज्याङ स्थित मदन भण्डारी राजमार्गमा कारले ठक्कर दिँदा १० वर्षीय बालक मन्देश सदाको मृत्यु भएको हो । उदयपुरको कटारीबाट सिन्धुलीको डकाहातर्फ जाँदै गरेको बीएबी ०१८८ नम्बरको ल्यान्ड क्रुजर कारले बालकलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका सदालाई उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।