
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा मध्यम वर्षाले ठुलो क्षति गरेपछि मौसम विज्ञान विभागको टोली अध्ययनका लागि खटिएको छ ।
मध्यम खालको वर्षापछि आएको बाढीले ठुलो क्षति पु¥याएपछि मौसम विज्ञान विभागका बाढीविज्ञ, कृषि प्राविधिक लगाएतको टोली आज काभ्रे आएका हुन् । विभागको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाबाट विजय ढुकुछु नेतृत्वको टोली स्थलगत अध्ययनमा खटिएको हो । टोलीले अध्ययन गरि प्रतिवेदन तयार पार्नेछ ।
यद्धपी प्रारम्भिक अध्ययनपछि यो घटना गत वर्षको असोजमा आएको बाढीसँग सम्बन्धित रहेकोे अनुमान गरिएको छ । गत असोजको बाढीले क्षतिविक्षत पार्दा कमजोर भएको क्षेत्रमा सोमबार मध्यम खालको वर्षाले पनि विनाशकारी क्षति गरेको अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागका बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीले जानकारी दिनुभयो । हिजो अपरान्ह काभ्रेको खोपासी र रोशी क्षेत्रमा मध्यम खालको वर्षा मापन भएको थियो ।
हिजो आएको बाढीले काभ्रेको पनौतीमा एक महिला वेपत्ता भएकी छिन् भने सडक, खानेपानी र कृषी क्षेत्र प्रभावित बनेको छ ।