
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा रहने भएका छन् ।
काठमाडौँ जिल्ला अदालतले आज उनीहरुलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा अराजक गतिविधि गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।
अदालतले मिश्रसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले ४७ दिन हिरासतमा बसिसकेका मिश्रलाई अझै ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
राजावादीको चैत १५ को हिंस्रक प्रदर्शनको नेतृत्वकर्ताहरू मिश्र, दुर्गा प्रसाईं, उनका सहयोगीहरू र शिव सेनाका अध्यक्ष अनिल बस्नेतसहितलाई प्रहरीले राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ। उनीहरुमाथि ५ दिनअघिदेखि आपराधिक उपद्रवको कसुरमा पनि अनुसन्धान थालिएको छ।