काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ८ जना मन्त्रीले विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।
विनियोजन विद्येयक २०७९ को विभिन्न शिर्षकमा भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको आज मन्त्रीहरुले जवाफ दिने भएका हुन् । संसद सचिवालयका अनुसार आइतबार बजेटमा मन्त्रालयगत छलफल सकिएकाले आजको बैठकमा मन्त्रीहरुले जवाफ दिने कार्यसुचि रहेको छ । बैठकमा कानुन, युवा, श्रम, वन, सहरी विकास, भुमिव्यवस्था, महिला र कृषि तथा पशुपंक्षि विकास मन्त्रीले जवाफ दिने सम्भावित कार्यसुचि रहेको छ । सम्बन्धीत मन्त्रीहरुले जवाफ दिने काम सकिएपछि बजेट पारित हुनेछ । त्यसपछि सरकारलाई बजेट खर्चको बाटो खुल्नेछ ।










