images
images

ओखलढुंगाका एक युवकले गरे चक्कुले घाँटी रेटेर आत्महत्याको प्रयास

  • ३० जेष्ठ २०७९, सोमबार ०९:००

काठमाडौं । ओखलढुंगाका एक युवकले आफ्नो घाँटी काटेर आत्महत्या गर्ने प्रयास गरेका छन् ।

चम्पादेवि गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौंको काँडाघारी बस्दै आएका २८ वर्षिय गणेश कार्कीले चक्कुले आफ्नै घाँटी काट्ने प्रयास गरेका हुन् । गएराति दम्पतीबीच विवाद हुँदा उनले आफ्नो घाँटी काटेर आत्महत्या गर्ने प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार ति युवकले चक्कुले घाँटीको अगाडिको भाग काटेका छन् । उनलाई तत्काल उद्धार गरी उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ ।