काठमाडौं । सरकारले मालपोतलाई स्थानीय तहमै पुर्याउने बताएको छ ।
मन्त्रालयका लागि विनियोजन भएको बजेटको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले यस्तो जानकारी दिनुभएको हो । सार्वजनिक जग्गाको संराक्षणमा सरकार द्धढ रहेको उल्लेख गर्दै उहाँले मालपोतलाई स्थानीय तहमै पु¥याउने गृहकार्य अगाडि बढेको बताउनुभयो । संविधानको अनुसूचीमा व्यवस्था भएअनुसार मन्त्रालयले कार्यको सुरुवात गरेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।










