
काठमाडौं । तनहुँको व्यास नगरपालिकामा बोराभित्र एक महिलाको शव फेला परेको छ ।
व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकै बोराभित्र सडेगलेको अवस्थामा महिलाको शव भेटिएको हो । ति महिलाको पहिचान नखुलेको तनहुँका डीएसपी मोहनबहादुर खाँणले जानकारी दिनुभयो । उहाँका अनुसार मृत फेला परेकी महिलाको हात पछाडिपट्टि बाँधिएको थियो । शव सडिसकेकाले अनुहार पनि चिन्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
बाटोमा हिँडडुल गर्ने स्थानीयवासिले गन्ध आएपछि हेर्दा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।