images
images

किन गर्छन् कलिलै उमेरमा बालबालिकाले आत्महत्या ?

दोलखा । दोलखामा चालु बर्ष १९ जना बालबालिकाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा ११ जना बालिका र ८ जना बालक रहेका छन् । चालु वर्ष ५ जना बालबालिकाले आत्महत्या गरेकोमा ३ जना बालिका छन् । पछिल्लो पटक जेठ १६ गते जिल्लाको उत्तरी कालिञ्चोक गाउँपालिका–६ लापिलाङकी १४ वर्षीया उपासना थामीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरिन् । बिरामी रहेकी उपासनाले चरम आर्थिक अभावका कारण उपचार गराउन नसकेकै कारण आत्महत्याको बाटो रोजेको स्थानीयले बताएका छन् । प्रहरीको अनुषन्धानले पनि उपासनाको मृत्युको कारण गरिवी देखिएको जनाएको छ । आमाले अरुसँग विवहा गरेपछि मातृ स्नेह समेत राम्रोसँग नपाएकी उपासनाको आत्महत्याको घटनाले सिँगो जिल्लावासी नै स्तव्ध भएका छन् ।

उपासना मात्र होईन अरु धेरै बालिका र बालकहरुले आत्महत्या गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । उज्जवल भबिष्य बोकेका कलिला बालबालिकाहरु धमाधम आत्महत्या गर्न थालेपछि यो बिषय समाजकै गम्भीर बिषय बन्न पुगेको छ । दोलखाकै जिरी नगरपालिकाका एक बालकले पनि सामान्य बिषयमा आत्महत्याको बाटो रोजे । जिरी नगरपालिका–१ आहालडाँडाका धनबहादुर विकका १४ वर्षीय छोरा सुजन विकले गत बैशाख १८ गते घर नजिकैको गोठमा झुण्डिएर आत्महत्या गरे । उनको आत्महत्याको कारण अरु केही नभएर अभिभावकले भनेको बेला चप्पल खरिद नगरिदिनु थियो । चप्पल खरिदकालागि बुबाआमालाई अनुरोध गरेका सुजनले तत्काल चप्पल नपाएपछि सँधैकालागि जीवन समाप्त पारेका थिए ।

चालु वर्ष ५ जना बालबालिकाले आत्महत्या गरेकोमा ३ जना बालिका छन् । उज्जवल भबिष्य बोकेका कलिला बालबालिकाहरु धमाधम आत्महत्या गर्न थालेपछि यो बिषय समाजकै गम्भीर बिषय बन्न पुगेको छ । मानसिक समस्या भएका, कलिलै उमेरमा गरिने प्रेम र प्रेम बियोग, दिर्घ रोग भएका, पढाईमा असफलता, पारिवारिक द्धन्द्ध र घरेलु हिँसामा परेका बालकालिकाले पनि आत्महत्या गर्ने गरेका छन् ।

यसैगरी दोलखाको भीमेश्वर नगरपालिका–५ का १३ वर्षीय आशिक बसेलले पनि यहि महिना घरको दलानमा कोही नभएको बेला झुण्डिएर आत्महत्या गरे । चालु वर्ष आत्महत्या गर्ने ५ जना बालबालिकाको मृत्युको पछाडि कुनै न कुनै कारण लुकेको छ । बालबालिकाले आत्महत्या गर्नुको प्रमुख कारण गरिबी, यौन हिँसा, पारिवारिक बेमेल, बुबा–आमाको झै झगडा, अभिभावकको माया नपाउने लगायत रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो । यसका अलावा मानसिक समस्या भएका, कलिलै उमेरमा गरिने प्रेम र प्रेम बियोग, दिर्घ रोग भएका, पढाईमा असफलता, पारिवारिक द्धन्द्ध र घरेलु हिँसामा परेका बालकालिकाले पनि आत्महत्या गर्ने गरेका छन् ।

दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) युवराज खड्काले आत्महत्याका घटनामा कमी ल्याउन बालबालिकाहरुलाई पारिवारिक सहयोग, हेरचाह र आत्मियता बढाउन तथा जीवनको सकारात्मक पक्षको ज्ञान दिन आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार आत्महत्याको प्रयास गरेका र डिप्रेशनमा रहेका बालबालिकालाई परिवार र बिधालय तहमा मनोसामाजिक परामर्श दिन सकिए पनि आत्महत्याका घटनामा कमी ल्याउन सकिने छ ।

दोलखा प्रहरीका अनुसार जिल्लामा तीन वर्षको अवधिमा १ सय ६ जना पुरुष र ५३ जना महिला गरी १ सय ५९ जनाले आत्महत्या गरिसकेका छन् । चालु आर्थिक बर्षको जेठ २० गतेसम्मको अवधिमा ५२ जनाले आत्महत्या गरेका हुन् ।