काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौरी देउरालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का घाईते भएका छन् ।
दुर्घटनामा परी रोशी गाउँपालिका–९ का २५ वर्षीय सुमन कुमार लामाको गएराति मृत्यु भएको हो । चौरी देउराली नगरपालिका–८ मा बागमती प्रदेश–०२–०३० प ३२६८ नम्बरको मोटरसाइकल तीव्र गतिको कारण आफैँ अनियन्त्रित भई हिजो बिहान दुर्घटना हुँदा लामा गम्भीर घाईते भएका थिए । घाईतेको उद्धारमा ढिलाई हुँदा लामाको मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यद्यपी गएराति धुलिखेल अस्पताल पु¥याउँदा चिकित्सकले उनलाई मृत्त घोषणा गरेका थिए । डिएसपी श्रेष्ठका अनुसार मोटरसाइकलको पछाडी सवार काभ्रेकै तेमाल गाउँपालिका–५ का ४० वर्षीय सरोज लामा घाईते भएका छन् । घाईते भएका उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।