images
images

क्यान्सरको कारण ओखलढुंगाको मोलुङ गाउँपालिकाका वडाध्यक्ष कार्कीको निधन

  • ३१ जेष्ठ २०८१, बिहीबार १०:१६

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिकाका एक जना वडाध्यक्षको निधन भएको छ ।

मोलुङ गाउँपालिका–५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको ५० वर्षको उमेरमा निधन भएको हो । हड्डीको क्यान्सर भएपछि उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए । गत स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसकोा तर्फबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए । कार्कीका श्रीमती, एक छोरा र एक छोरी छन् ।