
दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाको हालसम्मको बेरुजु करिव ३६ करोड पुगेको छ ।
महालेखा परिक्षकको ६१ औैं प्रतिवेदन अनुसार भीमेश्वर नगरपालिकाको हालसम्मको अद्यावधिक वेरुजु ३५ करोड ९९ लाख ४८ हजार पुगेको हो । नगरपालिकाको गत वर्षसम्मको बेरुजु ३१ करोड २१ लाख ८७ हजार रहेकोमा एक वर्षको अवधिमा ४ करोड ८६ लाख २५ हजार बेरुजु थप भएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणबाट एक आर्थिक वर्षमा ४ करोड ८६ लाख २५ हजार बेरुजु देखिएको हो । त्यसमध्ये ८ लाख ६४ हजारको प्रतिक्रिया प्राप्त भएकोमा कारबाही भई बाँकी असुल उपर गर्नु पर्ने बेरुजु ६९ लाख ६२ हजार देखिएको छ । यस्तै, प्रमाण कागजात पेश गर्नु पर्ने ५१ लाख २१ हजार, नियमित गर्नु पर्ने ३ करोड ३८ लाख ८ हजार र पेश्की बाँकी १८ लाख ७० हजार रहेको छ ।
नगरपालिकाको गत वर्षसम्मको बेरुजु ३१ करोड २१ लाख ८७ हजार रहेकोमा एक वर्षको अवधिमा ४ करोड ८६ लाख २५ हजार बेरुजु थप भएको छ । भीमेश्वर नगरपालिकाको बेरुजु बढ्दै जाँदा आन्तरिक आम्दानी भने घट्दै गएको छ । भीमेश्वर नगरपालिकाका पदाधिकारीको एक वर्षको अवधिमा सुविधा वापत मात्रै १ करोड २० हजार २ सय २५ रुपैयाँ खर्च गरेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।
भीमेश्वर नगरपालिकाको बेरुजु बढ्दै जाँदा आन्तरिक आम्दानी भने घट्दै गएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को आयव्ययको अनुमानमा मालपोत, कर, सेवा शुल्क, दस्तुर वापत १९ करोड ३३ लाख २० हजार आन्तरिक आम्दानी हुने प्रक्षेपण गरेकोमा १४ करोड ७१ लाख २२ हजार ६ सय ४७ रुपैयाँ मात्रै आम्दानी भएको छ । जुन अनुमान भन्दा २३ दशमलव ८९ प्रतिशतले कमी हो । स्थानीय तहमा प्राप्त केन्द्रीय अनुदानबाट भएको खर्चको तुलनामा आन्तरिक आयको हिस्सा ५ दशमलव २८ प्रतिशत मात्रै रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
भीमेश्वर नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा आन्तरिक आय, राजस्व बाँडफाँड, अनुदान लगायतबाट ९९ करोड ४४ लाख ५ हजार ६ सय २९ रुपैयाँ आम्दानी भएकोमा चालुतर्फ ४७ करोड १५ लाख २१ हजार ८ सय १८ र पूँजिगततर्फ ४५ करोड ५५ लाख २२ हजार ४ सय ९७ रुपैयाँ खर्च भएको छ । भीमेश्वर नगरपालिकाले एक आर्थिक वर्षमा गरेको कूल खर्च मध्ये आन्तरिक आम्दानीको हिस्सा २ दशमलव ५७ प्रतिशत मात्रै रहेको छ । भीमेश्वरले एक वर्षमा २ करोड ३८ लाख ८ हजार ४ सय ५१ रुपैयाँ मात्रै आन्तरिक आम्दानी गारेको छ । कार्यालयका अनुसार नगरपालिकालाई प्राप्त भएको सबै अनुदान र राजस्व बाँडफाँडको रकमबाट ५० दशमलव ८६ प्रतिशत चालु खर्च हुँदा ४९ दशमलव १४ प्रतिशत मात्र्र पूँजिगतत खर्च भएको छ । जसअनुसार नगरपालिकाले विकास निर्माणमा भन्दा प्रशासनिक कार्यमा बढि खर्च गरेको पाईएको हो ।
भीमेश्वर नगरपालिकाका पदाधिकारीको एक वर्षको अवधिमा सुविधा वापत मात्रै १ करोड २० हजार २ सय २५ रुपैयाँ खर्च गरेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।