images
images

दोलखामा विभिन्न घटनामा परि एक वर्षमा १०५ जनाको मृत्यु

  • २९ असार २०७९, बुधबार ०८:२४

जिरी (दोलखा) । दोलखामा एक वर्षको अवधिमा विभिन्न घटनामा परी १ सय भन्दा बढी मानिसको मृत्यु भएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा विभिन्न घटनामा परी १ सय ५ जनाको मृत्यु भएको हो । सवारी दुर्घटना, झुण्डिएर, भवितव्यमा परि तथा विष सेवन लगायतका घटनामा उनीहरुको मृत्यु भएको हो । दोलखामा यो वर्ष सबैभन्दा बढी झुण्डिएर आत्मा हत्या गर्नेको संख्या बढी देखिएको छ । यो वर्ष जिल्लामा झुण्डिएर ४९ जनाको मृत्यु भएको दोलखा प्रहरीको तथ्यांकमा उल्लेख छ । चालु वर्ष दोलखाका ४९ जना मानिसले झुण्डिएर आत्माहत्या गरेका हुन् । यसैगरी, भवितव्यमा ३५ जना, विष सेवनबाट ७ जना, फुटकर ५ जना र ४ जना बेबारिसे अवस्थामा मृत फेला परेको दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।

दोलखामा यो वर्ष सबैभन्दा बढी झुण्डिएर आत्मा हत्या गर्नेको संख्या बढी देखिएको छ । यो वर्ष जिल्लामा झुण्डिएर ४९ जनाको मृत्यु भएको दोलखा प्रहरीको तथ्यांकमा उल्लेख छ । चालु वर्ष दोलखाका ४९ जना मानिसले झुण्डिएर आत्माहत्या गरेका हुन् । यसैगरी, भवितव्यमा ३५ जना, विष सेवनबाट ७ जना, फुटकर ५ जना र ४ जना बेबारिसे अवस्थामा मृत फेला परेको दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । यो अवधिमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । 

यस्तै, यो अवधिमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा विभिन्न सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको हो । सवारी दुर्घटनामा मृत्यु हुनेमा १ महिला र ५ जना पुरुष रहेका छन् । जसअनुसार मोटरसाइकल दुर्घटनामा परी ३ जना र ट्याक्टर, ट्रिपर तथा इकोभ्यान दुर्घटना हुँदा १/१ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
यो वर्ष दोलखामा ४२ वटा सवारी दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो । सवारी दुर्घटनामा १८ जना महिला र ५७ जना पुरुष तथा २ बालिका र एक बालक गरी ७८ जना घाइते भएका छन् । गत वर्ष दोलखामा सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो भने ९९ जना घाइते भएका थिए । सवारी दुर्घटनामा मोटरसाइकल धेरै दुर्घटनामा पर्ने गरेको ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

चालकको लापरवाही, सडकको दुरावस्था र सवारी साधान तिब्र गतीमा चलाएका कारण दुर्घटना बढी हुने गरेको जिल्ला ट्राफिक कार्यालयका प्रहरी प्रमुख विष्णुराज पुरीले बताउनुभयो ।