दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत प्रसारण लाइनमा काम गर्ने कर्मचारीलाई पर्याप्त सुरक्षा सामाग्रीको व्यवस्था नहुँदा दुर्घटनामा परी घाईते हुने गरेका छन् ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत प्रसारण लाइन जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने कर्मचारीलाई पर्याप्त सुरक्षा सामाग्रीको व्यवस्था नहुँदा उनीहरु घाईते हुने गरेका छन् । यही असार २६ गते आयोजनामा ईलेक्ट्रिसयनका रुपमा कार्यरत दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ रिकुका एक युवक करेन्ट लागेर गम्भीर घाईते बन्न पुगेका छन् । विगु गाउँपालिका वडा नम्बर १ गोँगरस्थित केन्द्रीय प्रसारण लाइनमा काम गर्ने क्रममा गौरीशंकर गाउँपालिका रिकुका २९ वर्षीय बाबुराम खड्का करेन्ट लागेर गम्भीर घाईते भएका हुन् । उनको मुख डडेको छ भने हात र खट्टामा चोट लागेको छ । घाईते खड्काको काठमाडौंँको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पर्याप्त सुरक्षा समाग्री व्यवस्थापन नगर्दा केन्द्रीय प्रसारण लाइनमा विद्युत् जडान गर्ने क्रममा खड्का घाईते भएको आफन्तजनले बताएका छन् ।
विगु गाउँपालिका वडा नम्बर १ गोँगरस्थित केन्द्रीय प्रसारण लाइनमा काम गर्ने क्रममा गौरीशंकर गाउँपालिका रिकुका २९ वर्षीय बाबुराम खड्का करेन्ट लागेर गम्भीर घाईते भएका हुन् । उनको मुख डडेको छ भने हात र खट्टामा चोट लागेको छ ।अपर तामाकोशी हाईड्रोपावरका प्रशासन प्रमुख मित्रमणी पोखरेलले भने कम्पनीले वर्षमा एक पटक सुरक्षाको सामाग्री दिने भएपनि खड्काले समान्य खालको सुरक्षा समेत नअपनाएकाले सो घटना भएको बताउनुभएको छ ।
अपर तामाकोशी हाईड्रोपावर लिमिटेड स्वतन्त्र कर्मचारी युनियनले विज्ञप्ति जारी गर्दै सुरक्षाको सामाग्री पर्याप्त नहुँदा सो घटना भएको भन्दै कर्मचारीलाई सुरक्षाको आवश्यक सामाग्री तत्काल उपलब्ध गराउन माग गरेको छ । युनियनका अध्यक्ष शिवमणी श्रेष्ठद्धारा हस्ताक्षरीत विज्ञाप्तिमा जोखिमयुक्त स्थलमा काम गर्ने सम्पूर्ण कर्मचारीहरुलाई पूर्ण सुरक्षाको सामान उपलब्ध गराएर मात्र काममा पठाउन माग गरिएको छ । यता, अपर तामाकोशी हाईड्रोपावरका प्रशासन प्रमुख मित्रमणी पोखरेलले भने कम्पनीले वर्षमा एक पटक सुरक्षाको सामाग्री दिने भएपनि खड्काले समान्य खालको सुरक्षा समेत नअपनाएकाले सो घटना भएको बताउनुभएको छ । उहाँका अनुसार प्रसारण लाइनमा काम गर्दा सुरक्षाका सामाग्री बेल्ट, हेलेमेट, पञ्जाको प्रयोग गर्नुपर्ने हुन्छ । तर करेन्ट लागेर गम्भीर घाईते भएका खड्काले कुनै पनि सामाग्री प्रयोग नगरेको पोखरेलले बताउनुभयो । उनी सो आयोजनामा ८/९ वर्षदेखि ईलेक्ट्रिसियनका रुपमा कार्यरत छन् ।










