जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकाले चालु आर्थिक वर्ष ४१ करोड २९ लाख ७२ हजार रुपैंया खर्च गरेको छ ।
नगरपालिकामा जम्मा स्वीकृत ५६ करोड ४६ लाख ३२ हजार बजेटमध्ये ७३ दशमलव ८६ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ । विहिबार नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजनागरी चालु आर्थिक वर्ष नगरमा भए/गरेका विकास प्रगति र खर्च आम्दानीको बारेमा जानकारी दिएको हो । नगरमा प्राप्त भएको आम्दानीलाई आधार मान्दा ८५ दशमलव ९३ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताउनुभयो । उहाँका अनुसार चालुतर्फ ३५ करोड ६८ लाख ५ हजार ८ सय २५ रुपैंया विनियोजन भएकोमा २९ करोड ५९ लाख ७२ हजार ९ सय ३१ रुपैंया र पूँजीगततर्फ २० करोड ७८ लाख १७ हजार ४ सय ४७ रुपैंया विनियोजन भएकोमा १२ करोड १० लाख ९५ हजार २ सय २१ रुपैंया खर्च भएको छ । यस्तै, चालु वर्ष आम्दानीतर्फ संघीय समानीकरण अनुदान, शसर्त अनुदान तथा समपुरक अनुदानतर्फ २९ करोड ६४ लाख ७८ हजार ३ सय ९५ रुपैंया, प्रदेश शसर्ततर्फ ४ करोड २४ लाख ५८ हजार ६६ रुपैंया, राजस्व बाँडफाँडतर्फ ८ करोड ७७ लाख ४९ हजार ३ सय ३० रुपैंया आम्दानी भएको छ ।
नगरमा प्राप्त भएको आम्दानीलाई आधार मान्दा ८५ दशमलव ९३ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताउनुभयो । आर्थिक वर्षको अन्तिम चरणमा आइपुग्दा नगरले सम्झौता गरेका कुल १९५ वटा योजनामध्ये १९४ वटा योजना अर्थात ९९ दशमलव ४९ प्रतिशत योजनाको कार्यसम्पन्न गरी भुक्तानी दिएको जनाएको छ ।
यसैगरी, गत आर्थिक वर्षको बैंक मौजात ३ करोड ९२ लाख ३ हजार ८ सय ७३ रुपैंया र आन्तरिक राजस्वतर्फ एक करोड ९४ लाख २१ हजार ६ सय २७ रुपैंया गरी जम्मा ४८ करोड ५३ लाख ११ हजार २ सय ९३ रुपैंया अर्थात ८५ दशमलव ९५ प्रतिशत आम्दानी भएको छ ।
आन्तरिक राजस्वतर्फ चालु आर्थिक वर्ष दुई करोड ५ लाख आम्दानी गर्ने नगरको अनुमान भएपनि एक करोड ९४ लाख २१ हजार ६ सय २७ रुपैंया अर्थात ९४ दशमलव ७३ प्रतिशत आम्दानी गरेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । नगरले यो पटक समयमै योजनाहरुको सम्झौता गरी समयमै विकास निर्माणका योजनाहरु सम्पन्न गर्न सफल भएको नगरप्रमुख मित्र बहादुर जिरेलले बताउनुभयो ।
आर्थिक वर्षको अन्तिम चरणमा आइपुग्दा नगरले सम्झौता गरेका कुल १९५ वटा योजनामध्ये १९४ वटा योजना अर्थात ९९ दशमलव ४९ प्रतिशत योजनाको कार्यसम्पन्न गरी भुक्तानी दिएको जनाएको छ ।