images
images

बेदिङमा अलपत्र परेका ९ पर्यटकको गरियो उद्धार

  • २९ असार २०८१, शनिबार १४:२०

दोलखा । बाढी पहिरोका कारण दोलखाको बेदिङ र ना गाउँमा अलपत्र परेका ९ जना पर्यटकको उद्धार गरिएको छ ।

पर्यटकको उद्धार तथा बेदिङ र ना गाउँका बासिन्दाका लागि खाद्यान्न सहितको सामाग्रि लिएर गएको नेपाली सेनाको हेलिकोप्टरले पर्यटकको उद्धार गरेको हो । पर्यटकको उद्धार गरेर चरिकोट ल्याईएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो । चरिकोट ल्याइएका पर्यटकहरु आ– आफ्नो गन्तव्यमा जाने तयारीमा छन् ।

गृह मन्त्रालयले उद्धार तथा राहतका लागि पठाएको सैनिक हेलिकोप्टर चरिकोटबाट खाद्यान्न सामाग्रि लिएर बेदिङ गएको थियो । सेनाको हेलिकोप्टरले बेदिङ र नागाउँमा रहेका स्थानीयलाई खाद्यान्न सामाग्रि पु¥याएर त्यहाँ अलपत्र परेका पर्यटकको उद्धार गरेको हो । बेदिङ र ना गाउँका स्थानियलाई खाद्यान्न सामाग्री लिएर अलपत्र पर्यटकको उद्धारका लागि गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की आँफै वेदिङ पुगेका थिए । सो हेलिकप्टर राहत तथा उद्धार पछि काठमाडौँ फर्किएको छ ।

बाढीले च्छोरोल्पा पदमार्गमा क्षेति गर्नुका साथै पदमार्गका पुलहरु समेत बगाएपछि अलपत्र परेका ९ जनाको आज उद्धार गरिएको हो । बेदिङ र ना गाउँका स्थानियलाई खाद्यान्न सामाग्री लिएर अलपत्र पर्यटकको उद्धारका लागि गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की आँफै वेदिङ पुगेका थिए । दोलखाका सांसद गंगा कार्कीले पनि संसदबाटै खोज राहत र उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

बाढीले च्छोरोल्पा पदमार्गमा क्षेति गर्नुका साथै पदमार्गका पुलहरु समेत बगाएको थियो । सोहीकारण बेदिङ र च्छो रोल्पाको भ्रमणमा गएका १४ जना आन्तरिक पर्यटक अलपत्र परेका थिए । त्यसमध्य ९ जनाको आज उद्धार गरिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य ५ जनाको भने यसअघि नै उद्धार गरिएको थियो । उनीहरु हिडेर आउने अवस्था नभएपछि उद्धारका लागि जिल्ला विपद व्यवस्थापन समिति र गौरीशंकर गाउँपालिकाले केन्द्रिय दैवि प्रकोप उद्धार समितिसँग हेलिकोप्टर माग गरेको थियो । लगातारको वर्षाका कारण ९ दिनदेखि उनीहरुको उद्धार हुन सकेको थिएन । अलपत्र परेका पेमा छिरिङ शेर्पा, दावाङ्ग शेर्पा, वाङछे शेर्पा, नावाङग तेन्जिङ शेर्पा, पासाङ याङजी शेर्पा, दावा डिकी शेर्पा, मिङमा याङजी शेर्पाको उद्धार भएको हो । सोलुखुम्वु घर भएका यसी ग्याम्छो शेर्पा र छिरिङ याङजी शेर्पाको पनि आज उद्धार गरिएको छ ।

बाढीले बेदिङ र ना गाउँमा जाने बाटो बगाएपछि नाकावन्दीमा परेका स्थानीयलाई गौरीशंकर गाउँपालिकाले खाधान्नको व्यवस्था गरेको छ । गाउँपालिका अध्यक्ष कार्की सैनिक हेलिकोप्टरमै ४० बोरा चामल, नुन, तेल, चिनी लगायत १२ सय किलो दैनिक उपभोग्य सामान लिएर बेदिङ पुगेका हुन् । गौरीशंकर गाउँपालिकाले बेदिङ र ना गाउँका स्थानीयलाई सो खाद्यान्न सामाग्री निशुल्क प्रदान गरेको हो ।

असार २१ गते राती रोल्वालिङ खोलामा आएको बाढीले गौरीशंकर गाउँपालिकाको डोगाङका होटल तथा लज बगाउनुका साथै स्थानीय होटल व्यवसायी जाङ्मु शेर्पालाई बेपत्ता बनाएको थियो । बाढी पहिरोले दोलखाको उत्तरी क्षेत्रमा ठुलो धनजनको क्षति गरेपछि जिल्लाका सांसद गंगा कार्कीले पनि सो विषयमा संसदबाटै खोज राहत र उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।